+
+
Shares

मौद्रिक नीति तयारीमा जुट्यो राष्ट्र बैंक

केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सुरु भएको १५ दिन अर्थात् साउन १५ भित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले २०८२/८३ को मौद्रिक नीति तयारी गर्न सुझाव माग गरेको छ।
  • गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय क्षेत्रको समस्या पहिचान र निरीक्षण सुरु गरेका छन्।
  • मौद्रिक नीति १५ साउनभित्र ल्याउने कार्यविधि अनुसार सुझाव १० असारसम्म दिन अनुरोध गरिएको छ।

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयारीमा जुटेको छ । केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन सरोकारवालासँग सुझाव माग गरेको हो ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो । उनले वित्तीय क्षेत्रमा देखिएका पछिल्ला समस्या पहिचान र नीतिगत सम्बोधनका लागि स्थालगत निरीक्षण समेत सुरु गरेको अवस्था छ ।

केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सुरु भएको १५ दिन अर्थात् १५ साउनभित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ । सोही अनुसार आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको हो ।

पछिल्लो समय समग्र माग बढ्न सकेको छैन । आगामी आवको मौद्रिक नीति सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने तथा समग्र मागमा सुधार ल्याउने गरी आउने अपेक्षा सरोकारवालाको छ । तर, वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तरमा कमजोर भएको विषयमा भने केन्द्रीय बैंक होसियार हुनुपर्ने छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि सार्वजनिक रूपमा सुझाव माग गर्दै प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?