+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपा सचिवालयको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २० गते २०:२०
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’

सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

स्थायी कमिटी सदस्यहरुलाई बैठकको सूचना

यसैबीच नेकपाका स्थायी कमिटी सदस्यहरुलाई भोलि आइतबार बस्ने बैठकबारे औपचारिक जानकारी पठाइएको छ । शनिबार साँझ केन्द्रीय कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई बैठकबारे जानकारी दिइएको हो ।

केन्द्रीय कार्यालयबाट बैठक बस्नेबारे औपचारिक जानकारी आएको स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

यसअघि मंसिर ३ को सचिवालय बैठकले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो । तर मंसिर १७ सम्म पनि स्थायी कमिटी सदस्यहरुलाई औपचारिक जानकारी दिइएको थिएन भने बैठक बस्ने विषयमै नेताहरुबीच सहमति जुट्न नसकेपछि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?