+
+
Shares

कञ्चनपुरमा एक जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का ५१ वर्षीय देवसिंह कार्की बिहीबार मटेनाको रामटोलस्थित कल्भर्ट नजिकै मृत भेटिए।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार घरबाट निस्किएका कार्कीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
  • घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?