
फाइल तस्वीर
२२ मंसिर, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) परी मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्र इटालीमा ५६४ जनाको मृत्यु भएको थियो ।
युरोपमा बेलायतपछि इटाली कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुक हो । बेलायतमा कोरोनाबाट ६१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म इटालीमा कोरोनाबाट ६० हजार ७८ जनाको मृत्यु भएको छ भने १७ लाख २८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । इटालीमा नोभेम्बरको सुरुआती १५ दिनमा कोरोनाको दोस्रो लहर फैलिन सुरु भएको थियो । यससँगै पछिल्लो समय इटालीका अस्पताल र आईसीयूमा कोरोनाका बिरामीहरुको चाप बढेको छ ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4