+
+

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्युु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते ११:३४

२६ मंसिर, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ ।

प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । त्यसपछि करेन्ट सर्ट भएको थियो । बोलेरो घटनास्थलमा रहेको तर बाटो अबरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?