१८ असोज, काठमाडौं । ललितपुर क्विन्सले चितवन शक्तिलाई ३–१ को सेटमा हराउँदै तेस्रो जित निकालेको छ ।
शुक्रबार एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल)मा ललितपुरले चितवनलाई २०–२५, २५–२१, २५–१६ र २५–१९ ले हराएको हो ।
पहिलो सेट हारेको ललितपुरले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै खेल जितेको हो ।
यो जितसँगै ललितपुरले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।
आजको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई सोझो सेटमा हराएको खण्डमा ललितपुरले फाइनल खेल्ने सम्भावना रहन्छ ।
हाल कर्णाली भने १० अंक सहित शिर्ष स्थानमा रहेको छ । काठमाडौं स्पाइकर्स ९ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
 
                    










 २०८१ असोज  १८ गते १९:३५
                        २०८१ असोज  १८ गते १९:३५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4