+
+
Shares

फिफा विश्वकप २०२६: न्युजिल्यान्डको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
  • विश्वकप जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुनेछ।
  • न्युजिल्यान्डले समूह जी मा बेल्जियम, इजिप्ट र इरानसँग समूह चरणमा खेल्नेछ।

३१ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि न्युजिल्यान्डले अन्तिम टोली घोषणा गरेको छ ।

आगामी जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपका लागि न्युजिल्यान्डले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

यसअघि विश्वकप पुग्न प्लेअफ खेल्दै आएको न्युजिल्यान्डले यसपटक ओसियाना क्षेत्रको छनोटमा शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो ।

‘समूह जी’ मा रहेको न्युजिल्यान्डले समूह चरणमा बेल्जियम, इजिप्ट र इरानसँग खेल्नेछ ।

यस्तो छ न्युजिल्यान्डको अन्तिम टोली

गोलकिपर: म्याक्स क्रोकोम्ब, एलेक्स पाउलसेन, माइकल वाउड ।

डिफेन्डर: टेलर बिनडन, माएकल बोक्सल, लिबेराटो काकास, फ्रान्सिस डे उरिएस, कालन एलिएट, टिम पाएने, नान्दो पि जिनाकर, टोमी स्मित, फिन सुर्मान ।

मिडफिल्डर : लाचलन बाएलिस, जोए बेल, एलेक्स रुफर, मार्को स्टामेनिक, राएन थोमस ।

फरवार्ड : कोस्टा बारबारोउसेस, म्याट गार्बेट, एलि जस्ट, कालुम म्याकोवाट, बेन ओल्ड, जेसे रानबल, सर्प्रित सिंह, बेन वाएन, क्रिस उड ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?