
२७ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक हालसम्मकै अत्याधिक उचाइमा जंगली पाटे बाघ भेटिएको छ ।
स्वचालित क्यामेराको सहायताले सो बाघ कैद गरिएको हो । नेपालमा अहिलेसम्म सो उचाइमा बाघ नभेटिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
वन तथा भूसंरक्षण विभागका अनुसार रोयल बंगाल टाइगरले परिचित सो बाघको तस्वीर इलाममा जिल्लामा समुन्द्री सतहबाट ३,१६५ मिटर उचाइमा गत नोभेम्बर १३ देखि २१ को वीचमा कैद गरिएको हो ।
यस अगाडि भुटानमा सन् २०१८ मा ४,०३८ मिटर उचाइमा र भारतको अरुणाञ्चल प्रदेशमा ३६३० मिटर उचाइमा बाघ भेटिएको थियो । नेपालमा भने डडेलधुरा जिल्लामा २,५०० मिटर उचाइमा बाघ पाइएको थियो ।
जलवायु परिवर्तनको कारण बाघहरु क्रममा उच्च भेगमा चढ्न थालेको विज्ञहरुले बताएका छन् । सो प्रजातिको बाघ लोपोन्मुख मानिन्छ ।
सन् २०१८ मा गरिएको बाघगणना अनुसार नेपालमा बाघको संख्या २३५ रहेको छ । भर्खरै प्राप्त उक्त तस्वीरले कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको बाघको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया 4