+
+

ग्लोबल आइएमई बैंकको शाखरहित बैंकिङ्ग सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १८:०४

२९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न पाँच जिल्लामा ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

पाँचथर जिल्लाको याङ्गवरक गाउँपालिका, दैलेख जिल्लाको दुल्लु नगरपालिका र भैरबी गाउँपालिका, तेहथुमको फेदाप गाउँपालिका, धनुषा जिल्लाको नगराईन नगरपालिकाको फुलगामा र बाग्लुङ्गको बडिगाड गाउँपालिकाको सिमाचौरमा नयाँ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकका अनुसार ग्राहकलाई बैकिङ्ग सेवा लिन टाढा जानुपर्ने जटिलतालाई मध्येनजर गरेर शुरू गरिएको शाखारहित बैकिङ्ग सेवाले गाउँमा स्थानियलाई लाभ हुनेछ । स्थाानियले निश्चित रकमको खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, व्याज भुक्तानी, टेलिफोन महशुल बुझाउने तथा मोबाईल रिचार्जको सुविधा पाउने भएका छन ।

नयाँ थपिएका ६ वटा शाखारहित बैकिङ्ग सेवासंगै बैकिङ्ग सेवा दिने संख्या २३८ पुगेका छन । बैंकका ७३ जिल्लामा २६४ शाखा, २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर र ३ वटा अन्तराष्ट्रिय सम्पर्क कार्यालय रहेका बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?