+
+

प्रधानमन्त्री ओलीविरुद्ध सुर्खेतमा मसाल जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १९:४४

९ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले मसाल जुलुस निकालेका छन् ।

संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको निर्णय विरुद्ध मसाल जुलुस निकालिएको राष्ट्रिय युवा संघ नेपाल, सुर्खेतका संयोजक पदम वनले बताए ।

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको भन्दै यूवाहरुले ओलीले चालेको कदमको कडा विरोध गर्ने बताएका छन् ।

युवाहरुले ‘संसद विघटन खारेज गर,’ ‘तानाशाह ओली मुर्दावाद’, ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, र ‘नालायक ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?