
९ पुस, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश १ का जिल्ला इन्चार्जहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमले जनताको अपमान भएको बताएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै १३ जिल्लाका इन्चार्जले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा १३ जिल्ला इन्चार्ज, एक सह–इन्चार्ज र महानगर इन्चार्जले हस्ताक्षर गरेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन् ।
पार्टीमा संगठनात्मक सिद्धान्त विधि र पद्धतिमाथि धावा बोलेर प्रधानमन्त्री ओलीले पार्टी फुटाउने दुस्साहस गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनको घोषणा अलोकतानित्रक प्रतिगामी र निरंकुश मात्र नभई नेपाली जनताको घोर अपमान भएको छ ।’
विज्ञप्तिमा प्रदेश १ ताप्लेजुङका इन्चार्ज भाष्कर काफ्ले, पाँचथरका इन्चार्ज इन्द्रबहादुर आङ्बो, इलामका इन्चार्ज धिरेन्द्र शर्मा, झापाका इन्चार्ज रविन कोइराला, मोरङका इन्चार्ज घनेन्द्र बस्नेत, सुनसरीका इन्चार्ज धर्मराज निरौला, धनकुटाका इन्चार्ज हेमराज भण्डारी, तेह्रथुमका इन्चार्ज जयन्ती राई, संखुवासभाका राजेन्द्र राई, भोजपुरका इन्चार्ज सुदन किराँती, सोलुखुम्बुका इन्चार्ज हेमकुमार राई, ओखलढुंगाका इन्चार्ज यज्ञराज सुनुवार, र उदयपुरका इन्चार्ज बलदेव चौधरी, विराटनगर महानगरपालिका इन्चार्ज शिवकुमार मण्डल र खोटाङका सह–इन्चार्ज समिता कार्कीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4