+
+

हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १६:१०
Photo Credit : Reuters

२२ पुस, काठमाडौं । हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ परेका छन् ।  हङकङ प्रहरीले बुधबार दिएको जानकारी अनुसार वर्तमान सरकार हटाउन विपक्षी उम्मेदवारलाई छान्न गरिएको अवैध मतदानमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बुधार उनीहरुलाई पक्राउको लागि एक हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको थियो । गत जुन महिनामा चीनले हङकङका लागि विवादित सुरक्षा कानुन ल्याएयता सबैभन्दा धेरै मानिसहरु पक्राउ परेका हुन् । हङकङमा हुन गइरहेको संसदीय निर्वाचन एक वर्षका लागि स्थगित भएसँगै स्वतन्त्ररुपमा गत जुलाईमा मतदान भएको थियो ।

हङकङका सुरक्षा सेक्रेटरी जोन लीले अहिले पक्राउ परेको समुहले समाजमा ठूलो नोक्सानी पुर्‍याउने योजना बनाइरहेको दाबी गरेका छन् । साथै उनले हङकङको प्रशासनले यस्तो कार्य नसहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?