+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आठ वर्षपछि हङकङमा गुन्जिंदै मंगोलियन हार्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:२०

काठमाडौं । चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि नेपालीको उल्लेख्य बसोबास रहेको हङकङमा गुन्जिने भएको छ । अस्ट्रेलिया, दक्षिण कोरिया, यूएईको दुबई र आबुधाबीपछि ब्याण्डले हङकङको युन्लङ थिएटरमा १५ सेप्टेम्बरमा प्रस्तुति दिन लागेको हो ।

ब्याण्डले हङकङको प्रस्तुतिका लागि तयारी गरिरहेको गिटारिस्ट बबी लामाले बताए । ‘आठ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौं’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ । हामी विशेष तयारी गरिरहेका छौं । हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर छौं ।’

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गिटारमा बबी, ड्रममा सन्तोष थापा मगर, लिड गिटारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘बादलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला आदि मंगोलियन हार्टका चर्चित गीत हुन् ।

कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोष पुन र आश्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ । सांगीतिक यात्राका लागि मंगोलियन हार्टको टिम आगामी बुधबार सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?