+
+

वैशाखको चुनाव कुनै हालतमा हुँदैन : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते १४:००

२५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताए । संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हटाइएको भन्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने बताए ।

कांग्रेस नेता सिंहले अघि भने, ‘दुई तिहाईको सरकार भन्ने, तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?