+
+

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १८:३६

११ माघ, वीरगञ्ज । बारामा ट्रकको ठक्करबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको जिल्ला अरबल कर्पी ग्राम पञ्चायत थाना कर्पीका २५ वर्षीय कुन्दन गुप्ताको मृत्यु भएको हो ।

वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित चावासोती फ्याक्ट्रि अगाडि प्रदेश नम्बर ३ –०३००१ ख.०००९ नम्बरको ट्रकले गुप्तालाई ठक्कर दिएको थियो । उनी बीआर ०१ जीजी ९६६६ नम्बरको ट्रक चालक हुन् । चावासोती फ्याक्ट्रिका लागि धान लिएर आएका उनलाई वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका गुप्तालाई उद्दार गरेर उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालक बारा कोल्हबी नगरपालिका–२ हनुमानगंज टोल बस्ने ३० वर्षीय नवराज मैनालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?