+
+

नागरिक आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते ९:३९

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।

शान्तिपूर्ण आन्दोलन दबाउन गरिएको हस्तक्षेपले वर्तमान सरकारको तानाशाही चरित्र उदांगिएको नेता सिंहको भनाइ छ ।

नेता सिंहले सामाजिक सन्जालमा लेखेका छन्, ‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ ।’

लोकतन्त्रमा सबैले आफ्ना मतहरू राख्न पाउने बताउँदै नेता सिंहले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गर्न सरकारलाई भनेका छन् ।

उनले नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन आग्रहसमेत गरेका छन् ।

यो पनि पढ्नुहोस्
जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?