+
+

नक्कली सुन देखाएर ५५ लाख ठगी गर्ने गिरोह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १६:०४

२८ माघ, काठमाडौं । काठमाडौंको ताहाचलमा नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोटको तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, सोही ठाउँ बस्ने ३५ वर्षीय जित भनिने मेख तामाङ, झापा विर्तामोडका ५३ वर्षीय पप्पु भनिने अभयकुमार चौधरी, नुवाकोटको तारकेश्वर नगरपालिका-५ का २० वर्षीय चन्द्र भनिने जेरि तामाङ र तार्केश्वर नगरपालिकामा नै बस्ने २६ वर्षीय राज तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई माघ २१ गते सुन जस्तो देखिने एक केजी पहेँलो धातु देखाएर ५५ लाख रुपैयाँ ठगी गरेका थिए । माघ २६ गते पीडितले अपराध महाशाखामा उजुरी  दिएका थिए । सोही उजुरीका आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट ९ लाख ५० हजार नगद, दुई वटा मोटरसाइकल र ५ थान मोबाइल समेत बरामद भएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?