+
+

खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते ८:५६

५ फागुन, काठमाडौं । खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका संरचना हटाइएको जानकारी दिइन् ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । साथै त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा टहरा बनाएर बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भइसके पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदारहरु हटाइएको थिएन ।

त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।

खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?