+
+

भारतको मुम्बईमा प्रहरीलाई ‘वर्क फ्रम होम’को अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १२:३७

१२ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको मुम्बईमा प्रहरीलाई पनि वर्क फ्रम होमको लागि अनुमति दिइएको छ । मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने सी र डी वर्गका प्रहरीको संख्या ५० प्रतिशतमा झारिएको छ । जसमध्ये २५ प्रतिशतलाई बिहान ९ देखि दिउँसो ४ बजेसम्म र बाँकी २५ प्रतिशतलाई बिहान ११ देखि दिउँसो ५ बजेसम्मका लागि बोलाइनेछ ।

यद्यपि ए र बी वर्गका प्रहरी भने शतप्रतिशत उपस्थित हुनुपर्नेछ । अन्य घरबाटै काम गर्ने प्रहरीहरुलाई भने जुनसुकै समयमा पनि आवश्यक परेको अवस्थामा फोनबाट काममा बोलाउन सकिने बताइएको छ ।

यसअघि मंगलबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोना संक्रमण बढेको भन्दै धेरै मानिसहरुलाई घरबाटै काम गर्न आग्रह गरेका थिए । पछिल्लो समय उल्लेख्य संख्यामा संक्रमण बढेको भन्दै महाराष्ट्रको औरंगाबादमा राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?