
१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको उल्लेख गरेको छ ।
नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4