+
+

विपन्न बिरामीलाई काठमाडौंसम्म निःशुल्क एम्बुलेन्स

रासस रासस
२०७७ फागुन २५ गते १७:१७

२५ फागुन, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्बासी तथा अति विपन्न परिवारका व्यक्ति बिरामी परेमा काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिए । मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाले सुरक्षित सुत्केरी गराउन चारवटा बर्थिङ सेन्टर स्थापना गरिने तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि वार्षिक ८० लाख रुपैयाँ उपलब्ध गराउँदै आएकोमा आगामी आर्थिक वर्षदेखि त्यसलाई बढाएर एक करोड ५० लाख बजेट छुट्याउने भएको छ ।

कृषि क्षेत्रमा एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपीठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यकरणको लागि एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताए ।

११ वडा रहेको महागढीमाई नगरपालिकामा ६५ हजार जनसंख्या छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?