
२६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भए पनि शोक प्रस्ताव पारित गरेर मात्र स्थगित भएको छ ।
शीर्ष नेताले सम्बोधन गर्ने भनी सभामुख अग्निप्रसाद सापकोटाले दलहरुसँग नाम पनि मागेका थिए । तर बुधबारको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेश पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद भएपछि शोक प्रस्तावमात्र पारित गरेर स्थगित भएको हो ।
बुधबार कार्यव्यवस्था परामर्श समितिमा नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सरकारले ल्याएका अध्यादेश पेश हुनुपर्ने बताएको सुनाए । तर अन्य दलका प्रमुख सचेतक र सांसदहरुले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गर्न नदिने अडान लिए ।
अध्यादेश पेश गर्न नेकपा एमालेबाहेक अरु दलले नमानेपछि शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम पनि नराखी शोक प्रस्ताव पारित गरेर मात्र बैठक स्थगित गरिएो सभामुख निकट स्रोतले बतायो । संसदको अर्को बैठक चैत ३ गतेका लागि बोलाइएको छ ।
प्रतिक्रिया 4