
२ चैत, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ मार्तलपुलमा ट्रक र बोलेरो जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
ना ८ ख १४२० नम्बरको ट्रक र बा १८ च १३७१ नम्बरको बोलेरो जीप सोमबार बिहान एकापसमा ठक्कर खाँदा ट्रक सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक धादिङ धुसा गाउँपालिका–१ का २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4