+
+

भाइबरद्वारा बार्सेलोना फुटबल क्लबसँग साझेदारीका लागि पहलकदमी २०२१ को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते २०:२१

राकुटेन भाइबरले आफ्नो लामो समयदेखिको साझेदार फ्यान क्लब बार्सेलोनाको लागि २०२१ भरका लागि नयाँ पहलहरुका शृंखलाको घोषणा गरेको छ ।

रुसमा एक आधिकारिक विश्वव्यापी एफ.सि बार्सिलोना कम्युनिटीको शुरुवात सँगसँगै कम्पनीले मार्चमा ५ जना खेलाडीहरु मार्क एण्ड्रे तेर स्टिगेन, फ्रेन्की डे जोङ, मारालम ज्यानिक, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङलेट र एन्टोनी ग्रीजम्यानका बारेमा विशेष प्रश्नोत्तर शृँखला योजना पनि अघि सारेको छ ।

भाइबर एफ.सि बार्सेलोना बीचको सहकार्य सन् २०१७/२०१८ को सिजनबाट शुरु भएको हो र भाइबरले त्यसैबेलादेखि क्लबको एक आधिकारिक च्यानलको रुपमा संचार सेवा उपलब्ध गराउँदै आएको छ ।

फुटबलको सिजन तात्न थालेपछि र हामी नयाँ दशक तर्फ अघि बढ्न थाले सँगै, राकुटेन भाइबरले क्लबसँगको साझेदारीमा एक नयाँ अध्यायलाई शुरु गरेको छ जस अनुसार आफ्ना प्रयोगकर्ताहरुका लागि फ्यान प्रथम भन्ने अनुभव निर्माण गर्न यसको मेसेजिङ्ग एपमा विभिन्न टच प्वाइन्टहरु कायम गरेको छ । एपमा खेलाडीहरु र तिनका फ्यानहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित गरिदिन भाइबरले देहायका पहलहरु उपलब्ध गराउने भएको छ ।

· मीट एण्ड ग्रीट द प्लेयर्स-हालएफ.सि बार्सेलोनामा भइरहेका खेलाडीहरुसँगको एक विशेष प्रश्नोत्तर, जस अनुसार खेलाडीहरुले आफ्ना फ्यानहरुबाट प्राप्त पहिले छानिएका ५-१० प्रश्नहरुको जवाफ दिनेछन् । फ्यानहरुले आफ्नो पि्रय खेलाडीलाई एफ.सि बार्सेलोना भाइबर कम्युनिटीजका सबै मेम्बर टु मेम्बर मेसेजिङ्गमार्फत आफ्नो प्रश्न पठाउन सक्छन् र टिमले उत्कृष्ट एकको छनौट गर्नेछ ।

· अ डे वीथलेजेण्ड- फ्यानहरुका लागि कम्युनिटीमा एफ.सि बार्सेलोनाको लेजेण्ड खेलाडीसँग एक दिनबिताउने सुवर्ण अवसर, जहाँ मार्चमा ती लेजेण्ड खेलाडीले कम्युनिटी जिम्मामा लिनेछन् र फ्यानहरुले उन्को एक सर्वश्रेष्ठ दिनमा सहभागी बन्न सक्नेछन् ।

· भोट एण्ड वीन-भाइबरका प्रयोगकर्ताहरुले म्याचको विजेताको पूर्वानुमान गरेर हस्ताक्षरित २०२०-२१ का जर्सिहरु मासिक रुपमाजित्ने अवसर प्राप्त गर्नेछन् । पछिल्लो सत्रका जटिल नियमहरु र अंक प्रणालीलाई हटाएर फ्यानहरुलाई सहभागीताको लागि सजिलो बनाइएको छ ।

· एफसी बार्सेलोना कम्युनिटी रुसमा शुरु भएको र क्लबको भाइबर कम्युनिटीहरु वृद्धि भएको उपलक्ष्यमा फ्यानहरुका लागि केही विशेष उपहारहरु जित्ने मौकादिइएको छ ।

· फ्यान स्टार- फ्यानहरुले क्लबसँगको आफ्नो व्यक्तिगतकथा र यात्राको कथा साझा गरेर हरेक महिना कम्युनिटी स्टारको उपाधिजित्ने मौका पनि प्राप्त गर्नेछन् ।

यसै सन्दर्भमा नेपाली भाइबर प्रयोगकर्ता कमल प्रधानले एफसि बार्सेलोना कम्युनिटीको सही स्कोर अनुमान गरेर आधिकारिक बार्सिलोना क्लबबाट हस्ताक्षर गरिएको एक जर्सी जितेका छन् । बार्सेलोनाका ५ जनाप्रख्यात खेलाडीहरु ज्यानिक, पिक, अन्स फाति, सर्जि रोबर्टो र डे जोङले जर्सीमा हस्ताक्षर गरेका छन् । भाइबरको प्लेटर्फमम ाभएको विभिन्न उत्कृष्ट विशेषताहरुमध्ये बार्सिलोनाको खेल हुँदा एमभिपीको पूर्वानुमान गर्ने पोल फिचरले फ्यानहरुलाई त्यो सुविधा प्रदान गर्दछ ।

करिब ३० हजार भाइबर प्रयोगकर्ताहरुले पोल ड्रमा भाग लिएकोमा डिसेम्बर महिनाको लागि कमल प्रधान विजेता घोषित भएका थिए । भाइबर प्रयोगकर्ताहरुले २०२१ को जुनमहिनाको अन्त्यसम्ममा भागलिन सक्नेछन् र यो विशेष उपहार हात पार्नलाई एफसिबि कम्युनिटीमा म्याचको सही परिणाम आँकलन गर्न सकिनेछ । हरेक महिना ४ देखि ८ वटा खेलहरु हुनेछन् र हरेक खेल सही जवाफ अनुमान गर्ने एक अवसर हो ।

एपले अँग्रेजी, स्पेनिस र अरेबिकमा यसको विश्वव्यापी कम्युनिटीहरु अतिरिक्त रसियनमा पहिलो पटक फ्यानहरुलाई खेलाडीहरु र खेलहरुका बारेमा कुुरा गर्न अवसर दिएको छ । भाइबर प्रयोगकर्ताहरुले यस सिजनको लागि राखिएको खेलाडीहरुको मुहारहरु भएको नयाँ एफसी बार्सेलोना स्टिकर प्याकबाट एक अर्कामा स्टिकर आदान-प्रदान गर्न पनि सक्नेछन् । गएको वर्षमा कार्टुनमा आधारित स्टिकरहरु भए जस्तै यो नयाँ सिजनमा खेलाडीहरुको मुहारको फोटो पेश गरिएको छ । यो एक विशेष स्टिकर प्याकहो, यसले नयाँसिजनका समेत सबै खेलाडीहरुलाई समेटेको छ ।

‘हामी २०२१मापनि फ्यान प्रथम एफसी बार्सेलोना साझेदारी कार्यक्रम सञ्चालन गर्न पाएको प्रफुल्लित भएका छौं,’ राकुटेन भाइबरको सिजिओ आनाज मेंन्स्कायाले भने,’यो सहकार्य सन् २०१७मा शुरु गरेदेखि नै सफल बन्दै आएको छ र हामीहाम्रा सबै प्रयोगकर्ताहरुबीचको सम्बन्ध बनाइराखे जसरी भाइबर मार्फत क्लबका खेलाडीहरु र तिनका प्रशंसकहरुलाई नजिक ल्याउन हामी उत्साहित छौं ।’

एफसी बार्सेलोना रस्सियन कम्युनिटी शुभारम्भका अवसरमा पहिलो टिम खेलाडी एन्टोनी ग्रीजम्यानले भने ‘मलाई खुशी लागेको छ किनकी अब हामी हाम्रा रुसी प्रशंसकहरुसँग अझ नजिक हुने भएका छौं ।’ यस्तै सर्जियो डेस्टले अबदेखि बार्साले आफ्ना रुसी प्रशंसकहरुसँग रुसी भाषामा कुरा गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?