+
+

४३ लाख नगदसहित नागढुंगाबाट एकजना पक्राउ

रासस रासस
२०७७ चैत २२ गते १३:२२

२२ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् ।

तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको प्रहरीको भनाइ छ ।

कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?