+
+

पदकमा नयाँ नक्शा नराखेको विरोधमा नक्शासहित प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७७ चैत २९ गते १५:०४

२९ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा नयाँ नक्शा छुटेको विरोधमा नेकपा एमालेको माधव नेपाल समूहका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेपाल समूह निकटको अनेरास्ववियूले काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शासहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको थियो । सरकारले भने पदक घोषणा गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्शा राखेको बताउँदै आएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?