
३० चैत, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा सोमबार दिउँसो १:४० बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4