
२ वैशाख, रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–१ ग्राङका २७ वर्षीय राजेन्द्र तामाङ र सवारी चालक २५ वर्षीय सागर तामाङ रहेका छन् । राजेन्द्र स्थानीय ग्राङ प्राविका शिक्षक थिए ।
ग्राङबाट कालिकास्थानतर्फ गइरहेको बागमती प्रदेश ०६–००६ ख १६८८ नम्बरको खाली टिपर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई प्रहरीले उद्धार गरी रसुवा अस्पताल धुन्चे पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
टिपरमा सवार कालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङको भने खोजतलासपछि बिहीबार बिहान मात्र घटनास्थलको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ । मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ ।
प्रतिक्रिया 4