
१ वैशाख, काठमाडौं । सामसुङले एनसेलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ ।
कम्पनीका अनुसार नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसुङले नयाँ वर्ष २०७८ को योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको हो ।
डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउने सामसुङले जनाएकाे छ । कम्पनीका अनुसार सामसुङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउनेछन् ।
नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने उदेश्यका साथ ल्याइएको सामसुङले जनाएको छ । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफूलाई जोड्न सक्ने कम्पनीले जनाएको छ ।
एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसुङले लिइएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसुङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्ने सामसुङले जनाएको छ ।
ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको र ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्ने सामसुङले जनाएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।
कम्पनीका अनुसार आफूसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोन को बडी सही अवस्थामा हुनुपर्दछ । यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।
यो योजना वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने सामसुङले जनाएको छ ।
प्रतिक्रिया 4