+
+

विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा नरोकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १९:११

६ वैशाख, काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले देशका ४० स्थानीय तहका विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा पनि नरोकिने बताए ।

त्यस्तै चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षाहरु पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?