
६ वैशाख, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सानो एयरक्राफ्ट उडाउन सफल भएको छ ।
इनजेनिटी नामको उक्त ड्रोनयुक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ ।
नासाका अनुसार यो कुनै अर्को दुनियाँको एयरक्राफ्टद्वारा सञ्चालित तथा नियन्त्रित गरिएको पहिलो उडान हो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रह जसले हेलिकप्टरको डेटालाई पृथ्वीमा पठाएको थियो ।
आगामी दिनमा योभन्दा शक्तिशाली र साहसिक उडान हुने नासाले आशा व्यक्त गरेको छ ।
नासाका अनुसार टेक्नोलोजीको सीमालाई अनुसन्धान गर्ने इन्जिनियरहरुले चेकजाँच गरिसकेपछि अब इनजेनिटीलाई थप उचाइको उडानका लागि निर्देशन दिनेछन् । ‘अब हामीले भन्न सक्छौ कि मानिसले कुनै अर्को ग्रहमा एउटा रोटरक्राफ्ट उडाएका छौं,’ नासा जेट प्रोपल्शन लेबोरेटरीमा इनजेनिटीका प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भने, ‘अब यसलाई रियालिटीमा उतार्ने ठूलो अवसर दिएको छ । ‘
It happened. Today our #MarsHelicopter proved that powered, controlled flight from the surface of another planet is possible. It takes a little ingenuity, perseverance, and spirit to make that opportunity a reality: https://t.co/oT3rrBm6wj pic.twitter.com/u63GKshp0G
— NASA (@NASA) April 19, 2021
यता, मंगल ग्रहमा हावामा उड्न निक्कै कठिन छ । किनकि त्यहाँको वायुमण्डल धेरै पातलो छ, जुन पृथ्वीको वायुमण्डलको एक प्रतिशत मात्रै हो ।
लिफ्ट पाउनको लागि रोटरक्राफ्टको ब्लेडलाई धेरै बल लगाउनुपर्छ । इनजेनिटीलाई धेरै हलुका बनाएर त्यो ब्लेडलाई २,५०० चक्कर प्रतिमिनेटभन्दा पनि बढी घुम्ने शक्ति दिनु परेको नासाले जनाएको छ ।
तर अब शुरुवाती सफलतासँगै अर्को संसारलाई पत्ता लगाउने तरिका पनि बदल्न सक्ने नासाले आशा लिएको छ । निकट भविष्यमा आउने रोबर्सको लागि ड्रोनको उपयोग हुन सक्छ । यतिसम्म मंगल ग्रहमा पुगेपछि अन्तरिक्ष यात्री पनि यसको प्रयोग गर्न सक्नेछन्।
“Wow!”
The @NASAJPL team is all cheers as they receive video data from the @NASAPersevere rover of the Ingenuity #MarsHelicopter flight: pic.twitter.com/8eH4H6jGKs
— NASA (@NASA) April 19, 2021
यतिमात्र होइन नासाले पहिल्यैदेखि शनिको सबैभन्दा ठूलो उपग्रह टाइटनको लागि हेलिकोप्टर मिसनलाई स्वीकृति दिइसकेको छ । उक्त मिसनको नाम नासाले ड्र्यागनफ्लाई राखेको छ। उक्त उपग्रह टाइटनमा सन् २०३० को दशकको मध्यतिर पुग्ने लक्ष्य नासाले राखेको छ ।
प्रतिक्रिया 4