
फाइल तस्वीर
२८ वैशाख, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ ।
अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो ।
‘अन्य ल्याबको किट हामी प्रयोग गर्दैनौं । सप्लायर्सले दुई दिनभित्र उपलब्ध गराइदिन्छु भनेको छ,’ उनले भने, ‘किट आएपछि पुनः परीक्षण सुरु गछौं ।’
परीक्षण पनि कम हुने भएकोले एक महिनाअघि किट पनि कम मगाएको उनले बताए । तर अहिले एक्कासी परीक्षणको चाप बढ्न जाँदा बजारमा यसको अभाव हुन गएको उनको भनाइ छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4