
२९ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट साहित्यकार एवं अध्यापक जीवनचन्द्र कोइरालाको बुधबार काठमाडौंमा निधन भएको छ ।
६१ वर्षीय कोइराला गत पुसमा भएको साझा प्रकाशनको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी थिए । त्यसअघि उनी साझाकै सञ्चालक समिति सदस्य थिए ।
विभिन्न साहित्यिक संस्थामा आबद्ध रहेका कोइराला समालोचना र ग्रन्थ सम्पादकका रुपमा समेत चिनिएका थिए । सिन्धुली स्थायी ठेगाना रहेका उनी स्रष्टा तथा अन्वेषक कुलचन्द्र कोइरालाका सुपुत्रसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4