
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अक्सिजनको आपूर्ति प्रभावकारी बनाउन पनि आदेश दिएको छ ।
सर्वोच्चले कोरोना भाइरसविरुद्धको खोप लगाउन बाँकी रहेकाहरुलाई अविलम्ब खोप दिन पनि आदेश दिएको छ । त्यस्तै क्वारेन्टिन र आइसोलेसनको प्रभावकारी व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ ।
हेर्नुहोस् सर्वोच्चको आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4