
१४ जेठ, काठमाडौं । हङकङका प्रजातन्त्रवादी मिडिया सञ्चालक मोगुल जिम्मी लईलाई थप १४ महिनाको जेल सजाय सुनाइएको छ ।
उनलाई सन् २०१९ मा अनधिकृत सभामा भाग लिएको भन्दै १४ महिनाको जेल सजाय सुनाइएको थियो। यससँगै ७३ वर्षीय मोगुलको समग्र जेल सजाय २० महिना पुगेको छ ।
मोगुल अहिले सन् २०१९ मै भएको आन्दोलनमा सहभागी भएको आरोपमा जेल सजाय भोगिरहेका छन् ।
चीनले हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश लगाएको आरोप लागिरहेको अवस्थामा यो फैसला आएको हो ।
शुक्रबार मोगुलसहित १० प्रजातन्त्रवादी नेतालाई जेल सजाय सुनाइएको हो । उनीहरु सन् २०१९ को अक्टोबर १ मा अवैध सभामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।
उक्त मुद्दामा पक्राउ परेका फिगो चाङ, लिउङ्ग क्वोक-हङ र ली चेउक-यानलगायतका अन्य सात नेतालाई १८ महिना जेल सजाय सुनाइएको छ । अन्य दुईजनालाई भने निलम्बन गरिएको छ ।
चीनको राष्ट्रिय दिवसको दिन प्रदर्शनकारीहरु र प्रहरीबीच भएको ठूलो झडपमा पनि मोगुल दोषी पाइएका थिए । उक्त झडपलाई हङकङको सबैभन्दा हिंसात्मक दिनको रुपमा लिइएको थियो ।
मोगुलमाथि चीनको राष्ट्रिय सुरक्षा कानुन अनुसार कम्तीमा दुई मुद्दा छन् । जसको कारण उनले अधिकांश समय जेलमा बिताउनुपर्ने हुन सक्छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4