+
+

सुर्खेतमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १७:५०

१४ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल जानकारी दिए ।

‘जिल्लामा अझै संक्रमणको दर उच्च छ, संक्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ, आजको बैठकले पनि २५ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ’, प्रजिअ रिजालले भने ।

वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा शुक्रबार एक महिना पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लामा हाल झण्डै तीन हजार सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?