+
+

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १७:२५

१९, जेठ, चितवन। चितवनको भरतपुर १५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदानमा दुबो रोप्ने काम सुरु गरिएको छ।

रंगशाला निर्माण गरिरहेको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार बधवार भूमि पूजा गरेर दुबो रोप्ने काम सुरु गरिएको हो।

७५ मिटर रेडियसको मैदानमा ७ वटा पिच बाहेकको क्षेत्रमा दुबाे रोप्ने काम १५ दिन भित्र सकिने उनले बताए । मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दुबो रोप्न सुरु गरिएको हो । दुवोको नर्सरी फाउण्डेशन आफैले पहिल्यै तयार गरिसकेको थियो ।

‘मैदानका विभिन्न चरणहरु पार गरेर दुबो रोप्ने ठाँउसम्म आएका हौं बर्खाको समय छ, मैदानमा रोपिएको दुवो चाडो पनि सर्छ, मलाई लाग्छ केही साता भित्र नै रंगशालाको मैदान हरियो हरियो बन्छ’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने ‘दूवो रोप्ने कामसँगै विस्तारै रंगशालाले आफ्नो स्वरुप लिदै गएको अनुभूति पक्कै हुनेछ ।’

अब केही महिनापछि मैदान खेल्न योग्य हुने उनको दावी छ । मैदानका टेक्निकल प्रमुख किशोर वर्माले दुवो रोप्ने कामसँगै रंगशालाको पिचको काम बाट सुरु गरिने बताए ।

उनले एसीसीका डेभलपमेन्ट म्यानेजर ग्राउण्ड विषेशज्ञ श्रीलंकाका बन्दुला वार्नापूरासँग आवश्यक सल्लाह र निगरानीमा पिचको काम थाल्न लागिएको बताए । ‘पिच र दुवोको काम समानान्तर रुपमा अघि बढ्छ’ ग्राउण्ड टेक्निकल प्रमुख बर्माले भने, ‘७ पिच खेल्न मिल्ने बन्छन्, बाँकी थप ३ पिच प्राक्टिसका लागि तयार गछौं ।’

केही सीमित कामदारहरुलाई आइसोलेसनमा राखेर रंगशालाको निर्माणको काम जारी राखेको अध्यक्ष कट्टेलले बताए । रंगशालामा अहिले ३ हजार क्षमताको प्याराफिटको दर्शक दीर्घाको पहिलो स्टेपको काम सकिएको छ ।

चर्को आर्थिक अभावका कारणले सोचेजस्तो गरी कामको गति दिन नसकिएको फाउण्डेशन अध्यक्ष कट्टेलले बनाए । अहिले दुई वटा भिआइपी टावर मध्ये टावर–१ को फुटिङको डन्डी बिछ्याउने काम भइरहेको फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।

निषेधाज्ञामा पनि धमाधम काम

कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा एक महिनाभन्दा बढि भैसकेको छ । जनस्वास्थ्यका सबै मापदण्ड अवलम्बन गरी रंगशालामा निषेधाज्ञामासमेत धामधम काम भइरहेको छ।

आर्थिक अभावका कारण सोचेजस्तो जनशक्ति राखेर काम गर्न नसकिए पनि काम भने नरोकिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए।
अहिले यहाँ १०१ जना कामदारले रङ्गशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन् ।

अहिलेसम्म रङ्गशालाको मैदानको काम ९० प्रतिशत सकिएको छ भने प्यारापिटको काम पनि ३० प्रतिशत सकिएको छ। रङ्गशालामा स्ट्याण्ड ए र बी २८६ वटा पिल्लर उठिसकेका छन् । उत्तर र दक्षिणपट्टि रहने भिआइपी प्यारापिटको जग ढलानको काम सुरू भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?