+
+

बुरकिना फासोको एक गाउँमा आतंककारी हमला, १३२ जनाको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते ९:४७

२३ जेठ, काठमाडौं । पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।

रातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले छन् ।

बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण मानेको छ ।

यस आक्रमणको लागि अहिलेसम्म कुनै कट्टरपन्थी समूहले जिम्मेवारी लिएको छैन । तर पछिल्ला वर्षहरुमा इस्लामी कट्टरपन्थी समूहको आक्रमणले देशको सीमावर्ती क्षेत्रहरु, विशेष गरी नाइजर र मालीको सिमाना अशान्त हुने गरेकोले सोही समूहले आक्रमण गरेको हुन सक्ने आकलन गरिएको छ ।

घटनाको संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् ।

उनले विज्ञप्ति निकाल्दै भनेका छन्, “म यस जघन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसविरुद्ध भएका मृत्यु विरुद्ध लड्नेबारे सहयोग गर्न सबै देशहरूसँग आह्वान पनि गर्दछु ।’

यसैबीच बुर्किना फासोका राष्ट्रपति रक क्याबोरले घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्।

ट्वीट गर्दै उनले भनेका छन्, “हामीले आतंककारी शक्तिहरूको बिरूद्ध एकताबद्ध हुनुपर्छ।” उनले सुरक्षाकर्मीहरूले आक्रमणकारीको खोजी गरिरहेको जानकारी पनि दिएक छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?