+
+

सोह्रखुट्टेका डीएसपी खड्का कारबाहीमा, परिसर तानिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते ११:२५

२३ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी)  दीपक खड्का कारबाहीमा परेका छन् ।

प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो ।

डीएसपी थापालाई आइतबार नै काठमाडौं प्रहरी परिसर टेकुमा तान्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिहंले पनि डीएसपी खड्कालाई कारबाही गरिएको पुष्टि गरेका छन् । ‘हामीलाई पनि कारबाहीको जानकारी आएको छ,’ एसएसपी सिंहले भने ।

डीएसपी खड्काको कार्यसम्पादनमा महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?