+
+

एक खर्ब ७९ करोड लागतका पाँच औद्योगिक क्षेत्रलाई ६० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते २१:३३

२४ जेठ, काठमाडौं । सरकारले माघदेखि फागुनसम्म शिलान्यास गरेको पाँच औद्योगिक क्षेत्रले नयाँ आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट पाएका छन् । एक खर्ब ७९ करोड प्रारम्भिक लागत अनुमान गरिएका ती परियोजनाका लागि औद्योगिक पूर्वाधार शीर्षकमा ६० करोड रुपैयाँ बजेट प्राप्त भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

बहुवर्षीय परियोजनाको रुपमा अघि बढाइएको आयोजनाको प्रारम्भिक चरणको काम गर्न एक अर्ब बजेट माग गरिए पनि ६० करोड मात्रै विनियोजन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले अनलाइनखबरलाई बताए ।

‘समग्रमा एक सय करोड मागेको थिएँ, ६० करोड मात्रै आयो अब ४० करोड आन्तरिक स्रोतबाट परिचालन गर्छौं,’ अध्यक्ष बस्नेतले भने ।

कन्चनपुरको दैजी, झापाको दमकमा बन्ने नेपाल चीन मैत्री औद्योगिक पार्क, बाँकेको नौवस्था औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको लागि उक्त बजेट विनियोजन भएको हो ।

नयाँ आर्थिक वर्षमा सो बजेटबाट औद्योगिक क्षेत्र विकासको पूर्वाधार निर्माण सुरु हुनु अघिको आधारभूत काम गरिने अध्यक्ष बस्नेतले बताए ।

‘कम्पाण्डवाल, जग्गा सम्याउने, बाटो, बिजुली पूर्वाधार लगायतका काम उक्त बजेटबाट गर्छौं,’ बस्नेतले भने । निर्माणमा जानुभन्दा अघिको निर्माण कार्यका लागि साउन एक गतेबाटै टेण्डर सुरु गरिने पनि उनले बताए ।

बहुवर्षीय  योजनाअन्र्तगत केही रकम नेपल सरकार र केही दातृ सहयोगबाट परियोजना सम्पन्न गर्ने भएकाले लागत बराबरको बजेट नहुनु स्वभाविक भएको बस्नेतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?