+
+

लागुऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते ९:०९

१ असार, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका-८ बाट लागुऔषधसहित सोही ठाउँका २८ वर्षीय सुरेन्द्र विष्ट र २२ वर्षीय सन्तोश रानालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले उनीहरुको साथबाट ९.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

दुवै जना सवार सुप.प्र०१-००८ प ८५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?