१५ भदौ, काठमाडौं । ललितपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।
प्रहरीले मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका-२५ नख्खुबाट पक्राउ गरेको हो ।
भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ ।
उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4