+
+
Shares

पेस्तोल र लागुऔषधसहित काठमाडौंबाट ४ जना पक्राउ

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, म्याग्जिन ३ थान, गोली ६ राउन्ड र ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन्।
  • लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई हातहतियार र लागुऔषध सहित पक्राउ गरेको छ र आवश्यक अनुसन्धान गरिरहेको छ।

१८ वैशाख, काठमाडौं । पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउन्ड, एसएलआर हतियारको गोली २ राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय सुवास शाही रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?