+
+

प्रधानसेनापति थापाद्वारा उपरथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १७:२१

११ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पाइलट उपरथी दर्जामा पदोन्नति भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच शुक्रबार राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकारको असार ७ गते बसेको मन्त्रीपरिषद् बैठकले पाइलट सहायक रथी राणालाई पाइलट उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।

उपरथी दर्जामा पदोन्नति भएका राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापना गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?