+
+

प्रचण्डको फोनबाट झलनाथ खनालसँग देउवाको सम्वाद

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १८:५१

५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग टेलिफोन वार्ता गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा मगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए ।

त्यसक्रममा प्रचण्डले खनाललाई फोन गरेको र देउवालाई पनि सम्वाद गरेका हुन् । दुबैले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?