
५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए ।
अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो ।
उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन थिए । उनीहरुले ११ मिनेटमा पश्चिम टेक्साससम्म यात्रा गरेका हुन् । उडानका बखत उनीहरु अन्तरिक्षमा एक क्याप्सुलभित्र रहेका थिए जसको विशाल झ्यालबाट पृथ्वीको दृश्य नियालेका थिए ।
बेजोसको कम्पनी ब्लु ओरिजिनको तयार गरेको न्यु सेफर्ड यान अन्तरिक्ष पर्यटनको अत्यधिक सम्भावनालाई लक्षित गरी डिजाइन गरिएको हो । आफ्नो अन्तरिक्ष उडानपश्चात बेजोसले अनुभव सुनाउँदै भनेका छन्, ‘मेरो अहिलेसम्मकै उत्कृष्ट दिन हो ।’
बेजोसले आफू अन्तरिक्षबाट कसरी भुँइमा आइपुगेको विश्वास नै नलागेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म आफैंलाई विश्वास छैन । तर कति चाँडै भुइँमा आइपुगेछु ।’
रकेटभित्र रहेको क्याप्सुलमा रहेर यात्रुहरु पृथ्वीभन्दा १०६ किलोमिटरमाथि पृथ्वीको कक्षीय क्षेत्रमाथि पुगेका थिए । उनीहरुले पृथ्वीमा अवतरण गर्दा चाहिँ प्यारासुट प्रयोग गरेका थिए ।
प्रतिक्रिया 4