
६ साउन, काठमाडौं । साउदी अरेबियाको सरकारले इदको पूर्वसन्ध्यामा ६३ पाकिस्तानी कैदीलाई रिहा गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार फरक-फरक मुद्दामा साउदी अरेबियाको जेलमा रहेका उनीहरुलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रहमा रिहा गरिएको हो ।
पाकिस्तानको विदेश मन्त्रालयले साउदी अरेबियामा रिहा भएका उनीहरुलाई स्वदेश ल्याएको छ । मंगलबार दिउँसो उनीहरु पाकिस्तान आइपुगेका हुन् ।
गत २० जुलाईमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भनेका थिए, ‘मेरो निर्देशनमा साउदी अरेबियाबाट ६२ पाकिस्तानी कैदी फिर्ता ल्याउन आवश्यक रकम व्यवस्था गरिएको छ । उनीहरु सबैजना इदको अवसरमा आफ्ना परिवारसँग हुनेछन् । विदेशमा बन्दी बनेका पाकिस्तानी कैदीलाई सहयोग गर्नु मेरो सरकारको प्रतिबद्धता हो ।’
यद्यपि पाकिस्तानको सत्तारुढ पार्टी पाकिस्तान तहरिक ए इन्साफले भने ६३ पाकिस्तानी कैदीलाई स्वदेश ल्याइएको बताएको छ । यसअघि मे १० मा पाकिस्तानका गृहमन्त्री शेख रसीदले ११ सय पाकिस्तानी कैदीलाई स्वदेश फिर्ता ल्याउने बताएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4