+
+

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १९:४३

९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

बैठकमा मन्त्रिपरिषद विस्तार, गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुनसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?