+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानमन्त्रीसँग छलफलमा कांग्रेस शीर्ष नेता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १०:०९

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थाप र रमेश लेखक बालुवाटार पुगेका हुन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्ने विषयले चर्को रुप लिएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न लागेको हो ।

छानबिन समिति गठन हुननसक्दा संसद सञ्चालन हुन सकेको छैन । सोही विषयमा बिहीबार संसदमा धकेलाधकेलसमेत भएको थियो ।

पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी बढिरहेको छ ।

शुक्रबार नै कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने तयारी गरेपनि आज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?