+

डिफेण्डर रञ्जित धिमालले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

२०७८ भदौ  ८ गते १३:०५ २०७८ भदौ ८ गते १३:०५
डिफेण्डर रञ्जित धिमालले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

८ भदौ, काठमाडौं । डिफेण्डर रञ्जित धिमालले ए डिभजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । नयाँ सिजनलाई मध्यनजर गर्दै रञ्जितसँगको सम्झौता नवीकरण गरेको मछिन्द्र क्लबले जनाएको छ ।

नयाँ सिजनको ए डिभिजन लिग आगामी कात्तिक २९ गते शुरु हुँदैछ । पछिल्लो पटक २०७६ मा भएको लिगको उपाधि मछिन्द्रले जितेको थियो । त्यसबेला डिफेण्डर रञ्जितले पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

मछिन्द्रले नयाँ सिजनका लागि फरवार्ड अभिषेक रिजाल र रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठ, गोलकिपर विशाल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ । यस्तै मनिष डाँगी र सुनिल बललाई पनि क्लबमा भित्र्याएको छ ।

मछिन्द्र फुटबल क्लब रञ्जित धिमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय